भारतबाट थप १०० मेगावाट बिजुली ल्याउने सहमति

काठमाडौँ । नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत भएको छ।

ऊर्जासम्बद्ध नेपाल–भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले ढल्बेकबर–मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको हो।

Advertisement

यो लाइनबाट नेपाल विद्युत प्राधिकरणले २५० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ। प्राधिकरणका एक अधिकारीका अनुसार अब ४ सय केभीको सो अन्तरदेशीय प्रसारण लाइनबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्न बाटो खुलेको छ।

जाडो मौसमका कारण अहिले साँझको सयममा बिजुलीको उच्च माग छ। त्यसलाई धान्न कठीन भएपछि नेपालले थप बिजुली उपलब्ध गराउन भारतसँग प्रस्ताव गरेको थियो।

हात भारतबाट विभिन्न अन्तरदेशीय प्रसारणलाइनबाट पिक अवावरमा ६८० मेगावाटदेखि ७ सय मेगावाटसम्म बिजुली आयात भइरहेको छ। अब त्यो परिमाण ८ सय मेगावाटसम्म पुग्नेछ।

हालसालै नेपालले ढल्केबरमा ४ सय केभीको सबस्टेसन तयार गरेको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम पनि छ।

More News last news
Loading...