पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना पुष्टि

काठमाडौँ । शुक्रबार थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै हालसम्म नेपालमा २ लाख ७० हजार ७ सय ४५ संक्रमितको संख्या पुगेको छ।

त्यसैगरी २४ घण्टामा ३३३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ। देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय २२ छ।

Advertisement

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ६४ हजार ८१ परीक्षणहरु गरिएका छन्।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ११ रहेको छ।

२४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ।

More News last news
Loading...