काठमाडौँ । कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य रुपमा समावेश गर्नु पर्ने भएको छ। तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने छन्।
शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको हो।
परिषद्को निर्णय अनुसार विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए। यसअघि गणितलाई ऐच्छिक विषयमा राखिएको थियो।
गणितलाई अनिवार्य बनाउन लविङ गर्दै आएको नेपाल गणित समाजले सरकारको यो निर्णयको स्वागत गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
