प्रधानमन्त्रीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्रीसहित चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको छ।

सर्वोच्चले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी ओलीसहित पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैँ उपस्थित भएर लिखित जवाफ दिन भनेको हो।

Advertisement

सर्वोच्चका प्रवक्ता सहायक प्रवक्ता देवेन्द्र ढकालले दिएको जानकारीअनुसार उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफैँ आएर लिखित जवाफ दिन अदालतले आदेश दिएको छ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए।

चार पूर्वप्रधानन्यायाधीशले गत २४ पुसमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन निर्णयलाई असंवैधानिक भनेका थिए।

More News last news
Loading...