काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध बुटवलमा विशाल विरोध सभा आयोजना गरेको छ।
प्रतिगमनविरूद्धको दोस्रो चरणको संघर्षका कार्यक्रम अन्तर्गत बिहीवारमा बुटवलमा विशाल विरोध सभा गरिएको हो। पार्टीको केन्द्रीय विरोध कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय बिरोध सभा हो।

बुटवलको पुष्पलाल पार्कमा सुरु भएको सभामा पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल, नेताहरु युवराज ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुन, चक्रपाणि खनाल लगायत नेताहरुले संवोधन गरेका छन् ।
विरोध सभा अगाडि बुटवलका विभिन्न ठाउँबाट र्याली प्रदर्शन गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
