काठमाडौँ । नेकपा (प्रचण्ड–नेपाल) समूहले बिहीबार बुटवलमा प्रतिनिधिसभा विघटनका विरुद्ध बिरोध सभा गर्दैछ।
पार्टीको केन्द्रीय विरोध कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय बिरोध सभा गर्न लागेको हो।
बिहान ११ः३० बजेदेखि पुष्पलाल पार्कमा सुरु हुने सभालाई पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेताहरु युवराज ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुन, चक्रपाणि खनाल लगायत नेताहरुले संवोधन गर्ने कार्यक्रम छ।
विरोध सभा अगाडि बुटवलका विभिन्न ठाउँबाट र्याली गरिने संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिए।
सभामा प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधिमूलक नेता कार्यकर्ताहरु सहभागी हुने गैरेले बताए। प्रदर्शनमा तोकिएको नारा मात्र लगाउन कार्यकर्ताहरूलाई निर्देशन दिइएको प्रचार प्रमुख सिद्धिचरण भट्टराईले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
