काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन्।
कोरोना भाइरसविरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनामा सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका हुन्।
उनले भने,’नागरिकको जीवन रक्षा हाम्रो प्राथमिकता हो । हामी प्राथमिकताका आधारमा निशुल्क उपलब्ध गराउनेछौँ, यसका लागि आवश्यक बजेट प्रबन्ध भएको छ ।’
भारतले आफ्नो मुलुकमा खोप सुरूवात गरेको एक हप्तामै नेपाललाई दिएकोमा उनले धन्यवाद व्यक्त गरेका छन्। उनले कोरोना महामारीमा खटिएका सबैको प्रशंसासमेत गरेका छन्।
आज लगाइएको खोपको दोस्रो डोज २८ दिनपछि लगाइने भएकाले सो क्रममा लापरबाही नगर्न पनि उनले आग्रह गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
