जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट भएका छन्।
हिजो मंगलबार राति ७ बजेदेखि सुरु भएको आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। क्षतिको अन्य विवरण भने आउन बाँकी छ।
आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा रहेको र त्यहाँ २५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
सुधारिएको चुलाको पाइपबाट छतमा भएको घाँसमा आगो सल्किएपछि आगलागी भएको हुनसक्ने प्र
हरीको अनुमान छ।
अहिले प्रहरी र स्थानीयको सहकार्यमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
