४ पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुंगानाविरुद्ध अवहेलना मुद्दा

काठमाडौँ । प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै विज्ञप्ति जारी गरेका सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ।

राजाराम घिमिरेले चारै जना पूर्वप्रधानन्यायाधीशहरू र पूर्वसभामुख ढुंगानालाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्।

Advertisement

पूर्वप्रधानन्याधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको टिप्पणी गरेका थिए।

पूर्वसभामुख ढुङगानाले सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनी अभिव्यक्ति दिएका थिए।

More News last news
Loading...