भाइरल अर्जुन जबरजस्ती करणी, अपहरण र शरीर बन्धकको आरोपमा पक्राउ

काठमाडौँ । गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा आएपछि भाइरल भएका अर्जुन बिक जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ परेका छन्।

१३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइला गएको भन्दै झुटो खबर बताएर सामाजिक संजाल र युट्युबमा भाइरल भएपछि अर्जुनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा खेल्ने मौका पाएका थिए।

Advertisement

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत ८ गते अर्जुनलाई काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेर कैलाली ल्याइएको हो।

अर्जुनविरुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अभियोग दर्ता भएको थियो। उक्त अभियोगपत्रमा अर्जुनले २०७३ जेठ ३० देखि २०७७ साउन १५ गतेसम्म बन्धक बनाएर राखेको र बलात्कार गरिएको उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय स्रोतले भने अर्जुनविरुद्ध बालिका बलात्कारको अभियोग आकर्षित हुने देखिएको बताए।

More News last news
Loading...