प्रधानमन्त्रीविरूद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री विरुद्ध अपहेलनाको मुद्दा सर्वोच्चमा पेश गरेका थिए। आचार्यले माघ ११ गते पेश गरेको मुद्दा आज सर्वोच्चमा दर्ता भएको हो।

Advertisement

त्यस्तै, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए।

२०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध उनले मुद्दा हालेका हुन्। प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेका थिए।

More News last news
Loading...