काठमाडौँ । निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने निर्णय गरेको छ।
आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो।
एक आयुक्तले भने, ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णय विधान सम्मत नभएका कारण मान्यता नदिने निर्णय भएको छ’।
प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ। ओली समूहले केन्द्रीय सदस्य थप गरेको जनाएको थियो।
यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
