काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ।
ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको भन्दै कारबाहीको मागसहित आइतबार वरिष्ठ अधिवक्ता कुमार शर्माले निवेदन पेस गरेका हुन्।
प्रधानमन्त्री ओलीले केही दिनअघि (अस्ति) बाजे वकिल भनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि व्यंग्य गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
