काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहको स्थायी समिति बैठक पेरिसडाँडामा बसिरहेको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध अहिलेसम्म भएका संघर्षका समिक्षा, भावी रणनीति तय गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाइने विषयमा छलफलका लागि समितिको बैठक बसेको हो।
पार्टीको अध्यक्षबाट पहिलानै हटाइएका प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही किन नगर्ने भनी स्पष्टिकरण सोधिएको र त्यसको जवाफ ओलीले नदिएकाले आजको बैठकमा उनलाई साधारण सदस्यबाट समेत हटाइन सक्ने बताइएको छ।
बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड), माधव कुमार नेपाल, नेताहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, डा. भीम रावल, सुरेन्द्र पाण्डे, देवेन्द्र पौडेल, पम्फा भुषाल, अमृत कुमार बोहोरा, अष्टलक्ष्मी शाक्य लगायत सहभागी छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
