बागलुङ । नेपाली काँग्रेस बागलुङका क्षेत्रीय सचिव विकास पौडेलको असामयिक निधन भएको १२ औं दिनको पुण्य तिथिमा नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ ले शोकसभा सम्पन्न गरेको छ।
जिल्लाको जैमिनी नगरपालिका–७ जैदी स्थित स्व. पौडेलकै निवासमा भएको शोकसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदिप पौडेलले स्व. पौडेलको निधनले नेपाली काँग्रेसमा अपुरणीय क्षती पुगेको बताए।
उनले काँग्रेसले हरेक आन्दोलनमा महत्वपूर्ण नक्षत्र गुमेको बताए । ‘काँग्रेसले कल्पना गरेको सदस्य विकास जस्तै हुनुपर्छ। काँग्रेसका लागि विकास एउटा अभियानको सहयात्री हुन, पौडेलले भने।
‘समाजका लागि उनले चालेका अभियान र उनले देखका सपना काँग्रेस पार्टी र हामी सहयात्रीले पुरा गर्नेछौं । त्यसका लागि सवैले हातेमालो गरौं ।’ उनले आफ्नो सहयात्री र काँग्रेसलाई समृद्ध बनाउन धेरै मलजल गरेको व्यक्तिलाई गुमाउनुपर्दाको पिडा असहैय भएको बताए।

पौडेलले स्व. विकास पौडेलका आमा बाबु र परिवारलाई समवेदना प्रकट गर्दै अब शोकलाई शक्तीमा बदलेर स्वर्गिय आत्मालाई शान्तिको कामना गर्नुको विकल्प नरहने बताए। पौडेलले स्व. विकास पौडेललाई पछिल्लो पुस्तालाई चिनाउनका निम्ती उनको नाममा कुनै काम गर्नुपर्ने बताए।
शनिबार आयोजित शोकसभामा बोल्ने सबै वक्ताले स्वर्गिय पौडेलको व्यक्तित्वको चर्चा गरेका थिए। नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ का सभापति चिरिन्जिवि गौतमको अध्यक्षता, सहसचिव गोबिन्दबहादुर पौडेल गोपालको संचालनमा सम्पन्न कार्यक्रममा काँग्रेस महाधिवेसन प्रतिनिधि तथा नेपाल विद्यार्थीका निवर्तमान सह-महामन्त्री हरिहर शर्माले स्वर्गिय पौडेलको योगदानको चर्चा गरेका थिए।

कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति दिपेन्द्रबहादुर थापा, पर्व पार्टी सभापति एवं संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, पार्टी सचिव नवराज पौडेल, सहसचिव सिताराम रसाइली, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, भीम श्रीष, महाधिवेसन प्रतिनिधि डिल्लीराम सुवेदी, पार्वती आचार्य, क्षेत्र नं. १ को (ख) का सभापति नारायण शर्मा पौडेल, बागलुङ नगर सभापति महेन्द्र आचार्य, जैमिनी नगर सभापति काशीराम आचार्य, प्रजातन्त्रबादी प्राध्यापक संघका अध्यक्ष धु्रबराज गौतम र पर्वत जिल्ला कार्यसमितिका सदस्य गोबिन्द पराजुली लगायतले बोलेका थिए।
माता मोतिकला पौडेल र पिता नवराज उपाध्यायका जेष्ठ सुपुत्रको रुपमा २०३९ सालमा जन्मिएका पौडेलका दिदी, भाई, श्रीमती एक–एक छोरा र छोरी छन्। पौडेलको गत पुस २८ गते असामयिक निधन भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
