स्याङ्जा । स्याङ्जामा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छाडेर करिब एक सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
स्याङ्जाको बिरुवा गाउँपालिका ओरष्टेमा आज सम्पन्न कार्यक्रममा ओरष्टे, खुदी, मड्किना लगायतका स्थानका करिब एक सय जनाले नेकपा छाडेर काँग्रेस प्रवेश गरेको नेपाल विधार्थी संघ स्याङ्जाका सभापति अजित क्षेत्रीले जानकारी दिए ।
पार्टी प्रवेश गर्नेहरूमा युवा संघ बिरूवाका सह संयोजक धन बहादुर थापा मगर, प्रेम बहादुर बिक, अमन गुरूङ, विशाल गुरूङ लगायतका स्थानीय कार्यकर्ताहरू रहेका छन्।
नवप्रवेशीलाई नेपाली काँग्रेसका युवा नेता एवं संविधान सभा सदस्य राजु थापाले पार्टी प्रवेश गराए। कार्यक्रममा बोल्दै नेता थापाले नेकपाबीच कमिसनको भागवण्डा नमिलेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको बताए।
नेकपाको भष्टाचारी सँस्कृती देखेर काँग्रेसमा प्रवेश गर्नेहरूको ओइरो लागेको उल्लेख गरे। पछिल्लो सय नेता थापाको पहलमा स्याङ्जाका विभिन्न स्थानबाट पार्टी प्रवेश गर्नेको लर्को लागेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
