काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधली रहित रुपमा सम्पन्न हुने बताएका छन्।
उनले भने ,“मुलुक निर्वाचनको तयारीमा लागेको छ। सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ। ”
सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत बताए।
प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश दुईसहित गण्डकी, लुम्बिनी, सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
