नेकपा प्रचण्ड-नेपाल समुहले भोलि काठमाडौँमा शक्ति प्रदर्शन गर्ने

काठमाडौँ । संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड-नेपालले भोलि काठमाडौँ फेरि शक्ति प्रदर्शन गर्ने भएको छ।

नेकपा केन्द्रीय संघर्ष समितिले आज विज्ञप्ति निकालेर भोलि हुने आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

Advertisement

भोलि हुने प्रदर्शन उपत्यकाका विभिन्न ठाउँहरुबाट पार्टी स्थायि समितिका सदस्यहरुले माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बालमिकी क्याम्पस लगायतका स्थानबाट नेतृत्व गर्ने भएका छन्।

यस्तै विभिन्न स्थानबाट सुरु भएको जुलुस रत्नपार्कमा जम्मा भइ मुख्य जुलुसमा परिणत हुने र उक्त जुलुस फेरि रत्नपार्क, पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै भृकुटीमण्डपको विरोध सभामा सामेल हुनेछ।

भृकुटीमण्डपमा हुने विशाल विरोधसभामा नेकपाका अध्यक्ष तथा केन्द्रीय सदस्यहरुले सम्बोधन गर्नेछन्।

More News last news
Loading...