अन्ततः ट्रम्पले छाडे ह्वाइटहाउस

वासिङ्टन । दोस्रो कार्यकालका लागि निर्वाचित भएको दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः ह्वाइटहाउस छाडेका छन्।

ट्रम्पले नोभेम्बरमा भएको चुनावमा धाँधली गरेर आफूलाई हराइएको दाबीसहित चुनावी परिणाम अस्वीकार गर्दै आएका थिए। तर राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पदभार ग्रहण गर्ने दिन बिहान ट्रम्पले राष्ट्रपति कार्यालय छाडेका हुन्।

Advertisement

ट्रम्प आफ्ना उत्तराधिकारी बाइडेनलाई ह्वाइटहाउसमा स्वागत नगरी फ्लोरिडा उडेका अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।

ट्रम्पले ऐतिहासिक संस्कार विधि समेत लत्याएका छन्। राष्ट्रपति पद छोड्ने अन्तिम समयमा उनले ७३ जनालाई क्षमादान दिएका हुन्।

कार्यकालको अन्तिम दिन बिदाइ सम्बोधन गर्दै ट्रम्पले तुलनामक रुपमा केहि सकारात्मक अभिव्यक्ति दिएका छन्। छोटो भिडियो सम्बोधनमा उनले आफ्नो प्रशासनको बचाउ गरेका थिए।

आगामी प्रशासनबारे समेत उनले केहि सुझाव दिएका छन्। ‘नयाँ प्रशासन अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्न सफल होस् भन्ने हाम्रो कामना छ,’ उनले भने। आफू निर्वाचित हुनुको उद्देश्य पूर्णरुपमा प्राप्त भएको ट्रम्पको दाबी छ।

उनले भने, ‘हामी जे गर्न आएका थियौं त्यो भयो। सबभन्दा मुख्य कुरा हामीले अमेरिकामा सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने मान्यता पुनःस्थापित गर्न सफल भयौं।’ ट्रम्पले आफ्ना एजेन्डा दक्षिणपन्थी वा वामपन्थी नभएको दाबी गरे।

More News last news
Loading...