सर्‍यो काँग्रेस केन्द्रीय समिति बैठक, अब माघ १३ गते बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक फेरि सरेको छ।

यसअघि पनि सरेर माघ ६ गते (मंगलबार) का लागि तोकिएको बैठक फेरि सरेर माघ १३ गते मंगलबार बस्ने भएको हो।

Advertisement

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बैठक सरेको जानकारी दिएका छन्।

उनले १३ गतेको बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि जानकारी गराएका छन्।

यसअघि पुस २७ गते दिउँसो १ बजेका लागि तोकिएको बैठक माघ ६ गतेका लागि सरेको थियो।

सरकारले प्रतिनिसभा विघटन गरेपछि काँग्रेस केन्द्रीय कार्य समिति बैठक पुस ७ मा सुरु भएको थियो।

More News last news
Loading...