काठमाडौँ । शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेल नियुक्त भएका छन् ।
शहरी विकास मन्त्रालयले प्राविधिक सहसचिव प्याकुरेललाई विभागको महानिर्देशको जिम्मेवारी दिएको हो।
नव नियुक्त महानिर्देशक प्याकुरेलले सोमवारबाट शहरी विकास तथा भवन विभागमा पदभार ग्रहण गरेका छन् ।
मन्त्रालयअन्तर्गतको विभिन्न निकायमध्ये विभाग सबैभन्दा बढी जिम्मेवारी भएको र धेरै बजेट खर्च गर्ने निकाय भएकाले त्यहाँको महानिर्देशक पदलाई निकै आकर्षक पदका रुपमा हेर्ने गरिन्छ।
मन्त्रालय अन्तर्गत रहेको विभाग सरकारी भवन तथा सघन शहरी विकासका साथै शहरी क्षेत्रको पूर्वाधार विकास गर्ने महत्वपूर्ण निकाय हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
