काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशले पहिलो जित हात पारेको छ।
मुलपानी क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा गण्डकीले प्रदेश–१ लाई २ विकेटले पराजित गरेको हो।
प्रदेश १ ले दिएको १०३ रनको लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो।
गण्डकीका लागि युवा ब्याट्सम्यान अर्जुन कुमाल र दीपक डुम्ररेले समान ३५–३५ रन प्रहार गरे। जसका लागि अर्जुनले ६३ बलको सामना गरेभने डुम्रेले ९४ बलको सामना गरे। त्यस्तै अभिषेक थापाले १२ रन बनाए।
गण्डकीविरूद्ध प्रदेश १ का लागि मनिस थापा र सुभान्कर उरोले समान दुईरदुई विकेट लिए। त्यस्तै दिपेश कन्डेल र हेमन्त राईले समान एकरएक विकेट लिन सफल भए।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश १ ले २७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १०२ रन बनाएको थियो ।
प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २४ रनको प्रहार गरे । त्यस्तै मनिस थापाले २२ रन, दीपक पासवानले ११ रनको योगदान गरे ।
बलिङतर्फ गण्डकीका लागि विशाल पौड्यलले ह्याट्रिक सहित चार विकेट लिए। जारी प्रतियोगितामा पहिलो ह्याट्रिक हो। उनले ६.४ ओभर बलिङ गर्दै ४ विकेट लिएका हुन्।
त्यस्तै सुवास भण्डारीले ४ विकेट लिन सफल भए। गण्डकीका लागि विपिन खत्रीले दुई विकेट लिए।
जितसँगै समूह ‘ए’ रहेको गण्डकीले दुई अंक जोडेको छ । यसै समूहमा शीर्ष स्थानमा रहेको आर्मीको ४ अंक रहेको छ।
गण्डकीको खेलमा युवा ब्याट्सम्यान अर्जुन र विशाल पौड्यालले उत्कृष्ट लय देखाए । जसमा अर्जुनले यसअघिको पहिलो खेलमा पनि राम्रो ब्याटिङ गरेका थिए। जसलाई उनले दोस्रो खेलमा पनि निरन्तरता दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
