निर्वाचन आयोगको प्रस्ताव ‘माघ १५ गते मतदाता नामावली प्रकाशित गरौँ’

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ। राजनीतिक दलहरुलाई छलफलमा बोलाएको आयोगले मतदाता नामावलीको प्रस्तावित कार्यक्रम अघि सारेको हो।

जसअनुसार आगामी माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने, त्रुटि भए सच्याउन १६ र १७ गते निवदेन दिने उल्लेख गरिएको छ। यस्तै आजको छलफलमा नेकपाका दाहाल–नेपाल समूहले निर्वाचन आयोगसँगको परामर्शबिनै सरकारले निर्वाचनको मिति तोकेको भन्दै आपत्ति जनाएको छ।

Advertisement

छलफलमा भाग लिदै स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले सरकारले निर्वाचन आयोगसँग परामर्श नगरी मिति तोकेको भन्दै आपत्ति जनाएका हुन्। लिखित परामर्शबिना मिति तोकिनु कानुनविपरित भएको उनको तर्क थियो।

निर्वाचन आयोग ऐन २०७३ को दफा ३ को उपदफा १ अनुसार सरकारले मिति तोक्न आयोगसँग परामर्श लिनुपर्ने उल्लेख छ।

यस्तै अर्का नेता राजेन्द्र पाण्डेले संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले निर्वाचन कार्यक्रम अगाडि बढाउन नहुने बताएका थिए। साथै आयोगका कर्मचारी सरुवाको विषयमा समेत आफूले उठाएको नेता पाण्डेले जानकारी दिए।

More News last news
Loading...