काठमाडौँ । काठमाडौँ उपत्यकाका धेरैजसो विद्यालयमा आजदेखि भौतिक रुपमै उपस्थित भएर पठनपाठन सुरु हुने भएको छ।
कोरोनाको जोखिम कम भएको भन्दै पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएसँगै विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गर्न लागेका हुन्।
ललितपुर जिल्लाका धेरै पालिकाले आजदेखि विद्यालय सञ्चालन गर्ने भएका छन्। ललितपुर महानगरपालिकासहित ललितपुरका पालिकाहरुले विद्यालय खोल्न अनुमति दिइसकेका छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा पनि आजदेखि सबै विद्यालय खुल्ने नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिए ।
काठमाडौँ जिल्लामा धेरैजसो पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएका छन् भने काठमाडौँ महानगरपालिकाले विद्यालय खोल्नेबारेमा आज छलफल गर्दैछ।
काठमाडौँमा पनि यहि हप्तादेखि विद्यालय खोल्ने गरी तयारी भएको महानगरपालिकाले जनाएको छ।
सरकारले चालु शैक्षिक सत्रलाई खेर जान नदिने तयारी गरेसँगै विद्यालयहरुमा यही हप्तादेखि पढाइ सुरु गर्न लागिएको हो । सरकारले विद्यालय खुलाउने जिम्मा पालिकालाई दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
