विश्व प्रकाश भट्टराई
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले आभिभावक नभएका तथा आर्थिक अवस्था कमजोर भएका बाल बालिकाहरुलाई न्यानो कपडा तथा पोषिलो खाना वितरण सुरु गरेको छ।
आज चापाकोट नगरपालिका–२ मा अभिभावक बिहिन एवं न्यून आय भएका बाल–बालिकाहरुलाई चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरी र उपप्रमुख बिमला श्रेष्ठले न्यानो कपडा बितरण सुरु गरेका हुन्।
नगरप्रमूख शिव कुमार गिरीले शनिबार चापाकोट नगरपालिका–२ का २२ जना बाल–बालिकाहरुलाई न्यानो कपडा र पोषिलो खाना बितरण गरेका हुन्।

घरमा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवार छनोट गरी उनीहरूको साथमा स्थानीय सरकार रहेको अनुभूती दिनका लागि न्यानो कपडा तथा पोषिलो खाना वितरण गरिएको नगरप्रमुख गिरीले बताए।
चापाकोट नगरपालिका भित्रका १० वटै वडामा आर्थिक अवस्था कमजोर भएका र बाबू–आमा नभएका बाल बालिकाका लागि न्यानो कपडा तथा पोषिलो खाना बितरण गरिने चापाकोट नगरपालिकाका उपप्रमुख बिमला श्रेष्ठले जानकारी दिइन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
