सरकारले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कार्य गरेको नगरप्रमुख गिरीको आरोप

वालिङ्ग । ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कार्य गरेको चापाकोट नगरपालिका नगरप्रमुख एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि शिव कुमार गिरीले आरोप लगाएका छन् ।

सरकारले गरेको संसद् विघटनको विरुद्ध नेपाली काँग्रेस गल्याङ नगरपालिकाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

Advertisement

विरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेस सडकमा आउँदा ठुला उपलब्धिहरु हाँसिल गरेको इतिहास साँची रहेको हुँदा अब फेरि काँग्रेस एकजुट भएर अधिनायकवाद विरुद्ध सडकमा उत्रिनु पर्ने बेला आएको बताए ।

संसद विघटनले असंवैधानिक, निरंकुशतातर्फ लक्षित र सर्व–सत्तावादलाई बढावा दिन खोजेकाले अब काँग्रेस चुप लाएर बस्न नहुने बताए ।

More News last news
Loading...