काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्कन आग्रह गरेका छन्।
काठमाडौँमा शनिबार आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेका प्रचण्डले अहिले सूर्य चिह्न मेरै हो भन्ने अधिकार नभएको पनि बताए।
उनले भने, ‘हिजो सूर्य चिह्नमा चुनाव लड्न सहमति गरेर तोड्ने काम गर्ने तपाईंलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्, बैठकमा आउनुस्,’।
आफू र प्रचण्डबीच २०७४ असोज १४ गते सूर्यमै चुनाव लड्ने सहमति भए पनि दुई दिनमै उक्त सहमित तोडिएको उनले बताए।
सूर्य चिह्न भएका कार्यकर्ताले समेत अर्को चिह्नमा भोट हालेर मात्रै प्रचण्डले जितेको उनको भनाई थियो।
यस्तै देशका राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोग लगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेको भन्दै ओलीले आक्रोश व्यक्त गरे।
त्यस्तै उनले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको भन्दै न्यायाधीशलाई भेटेको प्रमाणित गर्न चुनौती समेत दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
