शोकमा डुब्यो क्रिकेटर हार्दिक पंड्याको परिवार, पिताको हृदयघातबाट निधन

काठमाडौँ । भारतीय क्रिकेटर हार्दिक पंड्या र क्रुणाल पंड्याका पिताको निधन भएको छ।

क्रुणाल र हार्दिकका पिता हिमांशु पंड्याको हृदयाघातका कारण निधन भएको समाचार एजेन्सी एएनआइले जनाएको छ।

Advertisement

यो खबरसँगै सैयद मुस्ताक अली ट्रफीमा बडोदाका कप्तान रहेका क्रुणाल खेल छाडेर घर गएका छन्।

अस्ट्रेलियाविरुद्धको सिरिजमा एकदिवसीय र टि–२० खेलेका हार्दिक पनि टेस्ट सुरु हुनुअघि भारत फर्किएका थिए ।

उनी घाइते समेत भएकोले टेस्टका लागि नरोकी घर फर्किएका थिए। अस्ट्रेलियामा रहने क्रममा हार्दिकमाथि कोरोना नियम उल्लंघन गरेको आरोप समेत लागेको थियो।

 

More News last news
Loading...