काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यहि माघ ११ गते विवाह हुने भएको छ। मुख्यमन्त्री राईको अमेरिकामा बस्दै आएकी नेपाली शेर्पा थरकी युवतीसँग विवाह हुने भएको हो।
विवाह काठमाडौंमा हुने र विवाह लगत्तै विराटनगरमा प्रितिभोजको कार्यक्रम हुने बताइएको छ। मुख्यमन्त्री राईको विवाह कहिले होला भन्ने कुरा आमजनता र सञ्चारमाध्यमका लागि एउटा चासोको विषय थियो।
प्रत्येक अन्तर्वार्तामा राईमाथि विवाहबारे प्रश्न गरिएकै हुन्थ्यो । अब भने मुख्यमन्त्री राईले यो प्रश्नबाट छुटकरा पाउने भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
