काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका धेरैजसो भागमा कुइरो लागेपछि चिसो महशुस भएको छ।
काठमाडौँसहित तराईका जिल्लामा बाक्लो कुहिरोका कारण भिजिबिलिटी कम भएकाले आन्तरिक उडान ठप्प भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन्।
मौसमविद विभूति पोखरेलका अनुसार अहिले तराईका भूभागहरुमा बाक्लो कुहिरो देखिएको छ। काठमाडौं उपत्यका र पश्चिम पहाडी भूभागहरुमा पनि बादल लागेको छ।
काठमाडौँमा यस्तो अवस्था आज दिउँसो पनि कायम रहने मौसमविदले बताएका छन्। काठमाडौँको भिजिबिलिटी अपराह्न २–३ बजेपछि मात्रै केही सुधार हुनसक्ने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
