काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै हालसम्म नेपालमा २ लाख ६६ हजार ५४६ संक्रमितको संख्या पुगेको छ। त्यसैगरी २४ घण्टामा ४०५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्।
योसँगै निको हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४२६ छ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २ हजार ४१ परीक्षणहरु गरिएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ।
कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४३ जना रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
