प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो युनाइटेड

काठमाडौँ । पाउल पोग्बाको उत्कृष्ट गोलको मद्दतले बर्नलीलाई हराउँदै म्यान्चेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

खेलमा म्यान्चेस्टर युनाइटेडले नियन्त्रण बनाएको थियो। बर्नलीलाई अन्तिम समयसम्म आफ्नो पोष्टमा आक्रमण गर्न दिएन। तर, आफै पनि गोल गर्न भने सकिरहेको थिएन।

Advertisement

खेलको ७१ औँ मिनेटमा पोग्बाले मार्कस रासफोर्डको पासमा भली गर्दै युनाइटेडलाई अग्रता दिलाए। प्रिमियर लिगमा यो सिजन उनको यो मात्र दोस्रो गोल हो। खेलमा यो नै गोल निर्णायक बन्यो।

१७ खेलपछि २६ अंक बटुल्दै युनाइटेड लिगको शीर्ष स्थानमा पुगेको छ। यति खेलपछि युनाइटेड लिगको शीर्ष स्थानमा पुगेको सन् २०१२/१३ सिजनपछि पहिलो पटक हो।

उता, एभर्टनले वुल्भसलाई हराउँदै च्याम्पियन्स लिगमा स्थान बनाउने आफ्नो दाबेदारी कायम राखेको छ। एभर्टनले वुल्भसलाई २-१ गोलले हराएको हो।

खेलमा एलेक्स इओबीले एभर्टनलाई शुरुवातमा नै अग्रता दिलाए पनि रुबेन नेभेसले खेल बराबरी गरे। खेलको ७७ औँ मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई जीत दिलाए। १७ खेलपछि ३२ अंकसहित एभर्टन लिगको चौथो स्थानमा रहेको छ।

More News last news
Loading...