राप्रपाको जुलुसमा सरकारी हस्तक्षेप निन्दनीय : काँग्रेस प्रवक्ता शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पृथ्वीनारायण शाहको जन्मजयन्तीको कार्यक्रममा सरकारले हस्तक्षेप गरेमा आपत्ति जनाएका छन्।

शाहको जन्मजयन्तीमा राप्रपाले निकालेको जुलुसमा अध्यक्ष पशुपतिशमशेर राणासहित राप्रपा कार्यकर्तामाथि प्रहरीले भद्रकालीमा धरपकड गरेको विषयमा उनले आक्रोश पोखेका हुन।

Advertisement

उनले पृथ्वी जयन्तीको कार्यक्रममा सरकारले गरेको हस्तक्षेप निन्दनीय भएको बताएका छन्।

शर्माले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै ट्विटरमा लेखेका छन्, “पृथ्वी जयन्तीको कार्यक्रममा सरकारले गरेको हस्तक्षेप निन्दनीय छ । स्टालिनको सपना जागृत भएको समयमा यहाँलाई अब इतिहासका गौरवहरु पनि भारी भएका हुन् ?”

More News last news
Loading...