सिंहदरबार अगाडि राजावादी र प्रहरीबीच झडप

काठमाडौँ । पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्‍यालीका क्रममा भद्रकालीमा प्रहरीसँग धकेलाधकेल भएको छ।

र्‍यालीसहित सिंहदरबारतर्फ अघि बढेका उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा जान नपाइने भन्दै रोकेपछि विवाद भएको हो । सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न अघि बढेका उनीहरूलाई प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।

Advertisement

प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतलाई धरपकड गरेपछि केही समय धकेलाधकेल भएको हो।

More News last news
Loading...