काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन्।
मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएकाले आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने बताएका थिए।
राष्ट्रिय सभाको हिउँदे अधिवशेनमा ४ बैठक बसेका थिए। चारवटा बैठक ७ घण्टा मात्रै बसेका थिए।
प्रतिनिधिसभा भने पुस ५ गते नै विघटन गरिएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
