भारतमा बर्डफ्लु देखिएपछि सीमा नाकामा उच्च सतर्कता

वीरगञ्ज । छिमेकी मुलुक भारतमा विगत केही दिनयता बर्डफ्लु रोग देखिएपछि भारतसँग जोडिएको प्रदेश २ को आठवटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ।

नेपालमा बर्डफ्लु भित्रिन नदिन प्रदेश २ को आठवटै जिल्लाको दक्षिणी सीमासँग जोडिएको नाकामा सुरक्षा सतर्कता बढाएर सीमा नाकामा कडाइ गरिएको बताइएको छ।

Advertisement

नेपाल–भारतबीच रहेको खुला सीमाका कारण नेपालमा पनि बर्डफ्लु भित्रिने सक्ने सम्भावनालाई दृष्टिगत गरी सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीलाई निगरानी बढाई थप कडाइ गर्ने भनेर परिपत्र गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी राजु अर्यालले बताए ।

यता प्रदेश नं २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर दक्षिणी सीमा क्षेत्र भारतसँग जोडिएको छ र उक्त सीमा नाकामा ६७ वटा बिओपी र ३५ वटा एफओपी को पोष्ट रहेको छ।

ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट पक्षीजन्य पदार्थको आयातमा कडाइका साथ रोक लगाउने भनी निर्देशनसमेत दिइएको सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले जनाएको छ।

More News last news
Loading...