एजेन्सी । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हात परेको छ।
ग्रानडासँग शनिबार राति भएको खेलमा बार्सिलोनाले ४–० को सानदार जित निकालेको हो।
बार्सिलोनाले ग्रानडालाई उसकै मैदानमा फराकिलो जित निकाल्ने क्रममा मेस्सी र र एन्टोइन ग्रिजमनको समान दुई गोल गरे।
खेलको १२औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको बार्सिलोनाको लागि दोस्रो गोल ३५औं मिनेटमा मेस्सीले गरे।
४२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलीले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो।
६३औं मिनेटमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को सानदार जित दिलाए।
जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाको ३४ अंक पुगेको छ। पराजित ग्रानडा २४ अंकसहित सातौँ स्थानमा रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
