पोखरामा कोरोना संक्रमित महिलाको निधन

पोखरा । पोखरामा कोरोना संक्रमित एक महिलाको शनिबार बिहान निधन भएको छ।

कास्कीको पोखरा महानगरपालिका वडा नं १३ की ८३ वर्षीय वृद्धाको उपचारको क्रममा बिहान ६ः२१ बजे निधन भएको हो।

Advertisement

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो।

उहाँलाई पुष १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा कोभिड न्युमोनिया, मधुमेह लगायतका समस्या रहेको पनि निर्देशनालयबाट जारी विज्ञप्तिमा जनाइएको छ।

गण्डकीमा शनिबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९६ पुगेको छ।

More News last news
Loading...