पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ५२१ संक्रमितको संख्या पुगेको छ। त्यसैगरी २४ घण्टामा ६९९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्।

Advertisement

योसँगै निको हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ। देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ६८१ छ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ७४ हजार ५६१ परीक्षणहरु गरिएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २६२ रहेको छ।

कोरोना संक्रमणबाट २४ घण्टामा ३ को मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१२ जना रहेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १९४ कोरोना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ। संक्रमित पुष्टि हुनेमा ९१ जना महिला र १०३ पुरुष रहेका छन्।

काठमाडौँमा १५३, भक्तपुरमा १८ र ललितपुरमा २३ जना नयाँ संक्रमित थपिएका हुन्।

More News last news
Loading...