संसद् विघटनविरुद्ध काँग्रेस आज देशव्यापी प्रदर्शनमा

काठमाडौँ । प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार (आज) देशव्यापी विरोध कार्यक्रम गर्दैछ।

विरोध कार्यक्रममा काँग्रेसले प्रतिनिधिसभा विघटनको मुद्दासँगै सरकारका बेथिति, भ्रष्टाचार र जनजीविकाका मुद्दालाई पनि जोडेको छ।

Advertisement

सोही मुद्दालाई लिएर आज काँग्रेस ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विरोध कार्यक्रममा छ। ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रपछि माघ ३ गते पालिका र माघ ८ मा वडा तह केन्द्रित विरोध प्रदर्शन गर्ने कार्यक्रम काँग्रेसको छ।

यसअघि पुस १३ गते काँग्रेसले यीनै विषयमा १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र केन्द्रित प्रदर्शन गरेको थियो।

तर काँग्रेसको विरोध कार्यक्रमको उद्देश्य संसद पुनस्र्थापना भने बस्न सकेको देखिँदैन। सभापति शेरबहादुर देउवालाई प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वास कम छ।

More News last news
Loading...