काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक माग ६ गतेका लागि सारिएको छ। यही पुस २७ गतेका लागि डाकिएको बैठक माघ ६ गतेका लागि सारिएको काँग्रेसले जनाएको छ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि यस विषयमा आधिकारिक धारणा बनाउन कांग्रेस केन्द्रीय समिति सुरु भएको हो।
प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको कांग्रेसले पुस २५ गते देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको राखेको छ।
२५ गतेको प्रदर्शनमा नेताहरु सहभागी हुने भएकाले फर्कन समय लाग्ने भन्दै कांग्रेसले बैठक स्थगित गरेर माघ ६ गतेका लागि डाकेको हो।
२५ गते प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनका लागि जाने नेताहरु माघ ३ गतेको गाउँरनगरपालिकामा विरोध प्रदर्शनपछि मात्र फर्कने भन्दै बैठक ६ गतेका लागि सारिएको हो।
कांग्रेसले माघ ८ गते स्थानीय तहका ६ हजार ७४३ वडामा प्रदर्शनको तयारी गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
