काठमाडौँ । देशभर ५ सय ५४ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा शुक्रबार विभिन्न प्रयोगशाला गरिएका परीक्षमा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालमा २ लाख ६४ हजार १५९ संक्रमितको संख्या पुगेको छ। त्यसैगरी २४ घण्टामा ५८५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्।
यो सँगै निको हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ। देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार २१ छ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ७४ हजार ५६१ परीक्षणहरु गरिएका छन्। हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३३८ रहेको छ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय नाघेको छ। पछिल्लो २४ घण्टामा थप ६ को मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ हजार ९ सय ९ जना पुगेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
