नेकपा निकट विद्यार्थी संगठनद्वारा सिरहामा राष्ट्रपति-प्रधानमन्त्रीको पुत्ला दहन

सिरहा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेको विरोधमा अनेरास्ववियू राष्ट्रपतिको समेत पुत्ला दहन गरेको हो। मंगलबारदेखि पुस २९ गतेसम्म विरोधस्वरुप अनेरास्ववियूले दैनिक विरोधका कार्यक्रम गरिरहेको छ।

Advertisement

बयलगाढा प्रदर्शन, सडक नाटक प्रदर्शन, मन्त्रीलाई कालो झन्डा देखाउने तथा देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने लगायतका विरोधका कार्यक्रम अनेरास्ववियूले जारी राखेको केन्द्रीय सदस्य पुजन सिहले जानकारी दिएका छन्।

आन्दोलनको तेस्रो दिन आज (बिहीबार) राष्ट्रिपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो।

More News last news
Loading...