पोखरामा राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन शुरु

पोखरा । पोखरा महानगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन कार्य शुरु भएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट गएको टोलीले विवरण दर्ताका लागि वडा कार्यालयमा नै कम्प्युटरलगायतका आवश्यक उपकरण राखेर काम शुरु गरेको पोखरा महानगर राष्ट्रिय परिचयपत्र रुजु अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए।

Advertisement

उनका अनुसार आज पोखरा महानगर नगरपालिका(४ का वडाध्यक्ष शङ्करप्रसाद बास्तोलाको तथ्याङ्क सङ्कलन गरेर शुभारम्भ भएको हो।

वडाध्यक्ष बास्तोलाले नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले आवश्यक विवरण भरेर राष्ट्रिय परिचयपत्र प्राप्त गर्नसक्ने जानकारी दिए।

जनतालाई प्रदान गर्ने सेवासुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणालीको विकास गर्ने, जैविक पहिचानसहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्याङ्क भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचयपत्रको उद्देश्य रहेको उनले बताए ।

उनले भने, “अनेकन परिचयपत्र (लाइसेन्स, प्यान कार्ड, विवाह दर्ता) अब बोक्नु पर्दैन, अब पाइने राष्ट्रिय परिचयपत्रमा यी सबै परिचयपत्रमा उल्लेख गरिएका सबै विवरण हुन्छ ।”

राष्ट्रिय परिचयपत्र डिजिटल हुन्छ । राष्ट्रिय परिचयपत्रमा भएका विवरण ‘रिडेबल मेसिन’ मार्फत हेर्न सकिन्छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १ देखि ५ सम्म पहिलो चरणमा तथ्याङ्क सङ्कलन शुरु गरिएको हो ।

More News last news
Loading...