काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक (डीएसपी)हरुको सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ६९ जना डिएसपीलाई सरुवा गरेका हुन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कबित कटुवाललाई सरुवा गरिएको छ।
ओखलढुंगामा गोबिन्दराज काफ्ले, ईलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ्ग, रसुवामा देवेन्द्र पाण्डे, रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजाललाई पठाइएको छ।
महानगरीय प्रहरी वृत्त बालाजुमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ। मनाङमा सुवास खड्कालाई पठाइएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा रविन्द्र खनाललाई सरुवा गरिएको छ भने त्यहाँका डीएसपी कुलदीप चन्दलाई रानीपोखरी सरुवा गरिएको छ।
३० जना उपरिक्षक (एसपी)हरुको सरुवा
यस्तै नेपाल प्रहरीका ३० जना उपरिक्षक (एसपी)हरुको सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ३० जना एसपीहरुको सरुवा गरेका हुन्। जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी बेलबहादुर पाण्डेलाई सरुवा गरिएको छ।
झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ।
कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषामा प्रकाश रानाभाटलाई सरुवा गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
