काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ४ हजार ५५१ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ५७ हजार ४ सय ५४ पीसीआर परीक्षण भएका छन्।
यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ। सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन्।
त्यसैगरी २४ घण्टामा ५७८ जना निको भइ डिस्चार्ज भएका छन्। यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ।
२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९३ रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
