काठमाडौं । यातायात व्यवस्था विभागले अनलाइन आवेदनमा समस्या आएपछि सर्भर मर्मतका काम भैरहेको जानकारी दिएको छ ।
आज एक सुचना जारी गर्दै विभागले ग्राहकहरुको असुविधाको लागि माफी समेत मागेको छ।
‘सवारी चालक अनुमति पत्र अनलाइन फारम सर्भरको मर्मत बन्द गरिएको छ भन्दै असुविधाको लागि क्षमा प्रार्थी छौ,’ विभागले जारी गरेको सुुचनामा उल्लेख गरिएको छ ।
सेवाग्राहीले आवेदन दिन नपाएको भन्दै गुनासो र आक्रोस पोख्दै आएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
