काठमाडौँ । बलिउड नायिका मनिषा कोइराला राजनीतिमा सक्रिय हुनथालेकी छिन्। उनले राष्ट्रवादको एजेन्डालाई केन्द्रमा राखेर राजनीतिमा सक्रियता बढाएकी हुन्।
यसपटक मनिषा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिमा छिन् । उक्त समितिमा पूर्व डिआइजी रमेश खरेल पनि छन्।
मनिषा भोलि प्रेस भेटघाटमा हेल्लो पेगोडामा उपस्थित हुने जनाएकी छिन् । उनले पृथ्वी जयन्ती मनाउने समितिमा रहेर सक्रियता देखाउनुलाई अर्थपूर्ण मानिएको छ।
मनिषा राजसंस्थाको पक्षधर मानिन्छिन् । उनले गणतन्त्रको विरोध गरेकी थिइन् । वीपी कोइरालाका जेठा छोरा प्रकाश कोइरालाकी छोरी मनिषा राष्ट्रवादको विषयमा पनि अडान लिएर चर्चामा आएकी थिइन्।
भारतले लिम्पियाधुरा हुँदै चीनतर्फ जोडिने सडकमार्ग खोल्दा मनिषाले आपत्ती जनाएकी थिइन् । त्यसपछि भारतको उनको आलोचना भएपछि कोरोना भाइरसको संक्रमणको बखत सडकमार्ग हुँदै मुम्बईबाट काठमाडौं आएकी थिइन् ।
मनिषाले पछिल्लो सक्रियता बढाएसँगै राजनीतिमा आउनसक्ने संकेत समेत गरेकी छिन् । भारतमा कतिपय बलिउड नायक नायिकाहरु राजनीतिमा सक्रिय भएका उदाहरणहरु छन्।
कतिपय नायक नायिकाहरु राजनीतिमा सक्रिय भएर मुख्यमन्त्री र केन्द्र सरकारको मन्त्री तथा लोकसभा सांसद समेत भएका छन्।
मनिषा लामो समय क्यान्सरसँग जुधिन्। क्यान्सरलाई जितेपछि बलिउडमा फर्किइन्। तर, उनी खासै जम्न सकिनन्। यसअघि सम्राट उपाध्यायसँग गरेको विवाह पनि सफल भएन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
