काठमाडौँ । आज देशभरको मौसममा बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशभर सामान्य बदली रहने जनाएको छ। त्यस्तै महाशाखाका अनुसार केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने पूर्वानुमान गरिएको छ।
आज दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश १ का भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तो छ ३ दिनको मौसम पूर्वानुमान
पौष २० गते (सोमबार)
दिउँसोः देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न १ को भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातिः देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न १ को भू–भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
पौष २१ गते (मंगलबार)
दिउँसोः देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातिः देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम , कर्णाली, गण्डकी , बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
पौष २२ गते (बुधबार)
दिउँसोः देशको सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आन्शिक बदली रहने छ। सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिः देशको पहाडी भु-भागमा आंशिक बदली रहि एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
