प्रिमियर लिगमा चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लियो

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लिएको छ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर सिटीका लागि इल्के गुण्डोगान, फिल फोडेन र केभिन डी ब्रुएनले एकरएक गोल गरे।

Advertisement

चेल्सीका लागि कलुम हड्सन ओडोइले एक गोल गरे। सिटीले चेल्सीविरुद्ध तीनै गोल पहिलो हाफमा नै गर्यो।

जितसँगै म्यानचेस्टर सिटी २९ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको हो । चेल्सी २६ अंक जोडेर आठौं स्थानमा छ।

यस्तै, गएराति भएकै अर्को खेलमा लेस्टर सिटीले न्युकासल युनाइटेडलाई २-१ गोल अन्तरले हराएको छ । लेष्टर सिटीलाई जिताउन जेम्स म्याडिसन र युरी टिलेमान्सले एक एक गोल गरे।

अंक तालिकामा लेस्टर सिटी ३२ अंकसहित तेस्रो स्थानमा छ भने न्युक्यासल १९ अंकसहित १५ औँ स्थानमा छ।

More News last news
Loading...